राजनीति


रास्वपाले कोहीसँग तालमेल गरेको छैन, हाम्राविरुद्ध षड्यन्त्र गर्न खोजियो : रवि

रास्वपाले कोहीसँग तालमेल गरेको छैन, हाम्राविरुद्ध षड्यन्त्र गर्न खोजियो : रवि

नेपालखबर
बैशाख १०, २०८० आइतबार ८:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेक न्युज कारखाना चलाएर रास्वपाका विरुद्धमा गलत सूचना प्रवाह भइरहेको दाबी गरेका छन्। 

आइतबार उपनिर्वाचन सुरु भएसँगै सामाजिक सञ्जालबाट भिडिओ सन्देश पोस्ट गर्दै सभापति लामिछानेले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर फेक न्युज कारखाना चलाएको दाबी गरेका हुन्। 

हारको मानसिकता बोकेका मानिसहरूको पछि नलाग्न उनले मतदातालाई आग्रह समेत गरेका छन्। 

‘रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं,’ सभापति लामिछानेले भनेका छन्, ‘कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला।’

साथै, उनले आफूहरुविरुद्ध भएको घेराबन्दी र षडयन्त्रको जवाफ जनताले भोटमार्फत दिने पनि बताएका छन्। 

लामिछानेले भिडिओमार्फत दिएको सन्देशः
मतदातालाई मेरो नमस्कार, अहिले विभिनन फेक न्युजहरु आएर, कायरहरुले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर फेक न्युजका कारखानाहरू चलाएर हाम्रो समर्थन कुन दललाई भनेर गलत सूचना प्रवाह गरिरहेका छन्। हारेको मानसिकता बोकेका मानिसकहरूको पछि नलाग्नुहोला। रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं। कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला। यो गलत कुरालाई ध्यानमा राख्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउनेछौं। आज लुकेर गरिएका घेराबन्दी र प्रहारको जवाफ नेपाली जनताले दिनेछन्। समयमै मतदान केन्द्रमा पुगेर भोट गर्नुहोला। धेरै षडयन्त्र र घेराबन्दीको सामना गरिरहेका छौं। विभिन्न मतदान केन्द्रमा जाँदैछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad