नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धी भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताएका छन्।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई लुसुक्क छाड्ने र मन नपरेकालाई पक्राउ पूर्जी जारी गर्न नमिल्ने बताए।
उनले भ्रष्टचारमा संलग्न भएको जसको नाम आएपनि किन्तु परन्तु नभनी कुनै दबाबमा नपरी काम गर्नुपर्ने बताए।
उनले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको बीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न आवश्यक नभएको बताए।
60
Shares

प्रतिक्रिया