राजनीति


तीन ठूला नेता नक्कली शरणार्थी प्रकरणबाट उम्किने योजना बनाउँदैछन् : अमरेश सिंह

तीन ठूला नेता नक्कली शरणार्थी प्रकरणबाट उम्किने योजना बनाउँदैछन् : अमरेश सिंह

अन्तरक्रियामा सहभागी डा. अमरेश सिंह। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १५:२४, काठमाडौँ

स्वतन्त्र सांसद डा. अमरेश सिंहले नक्कली शरणार्थी प्रकरणमा ठूला तीन दलका शीर्ष नेता उम्किने उपायको खोजीमा लागिरहेको बताएका छन्। 

ललितपुरमा आइतवार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताउका हुन्। 

यो प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी भागेकाले पुलिसलाई तनाव भएको पनि उनले बताएका छन्। 

‘यो घटनामा सञ्चारमाध्यमलाई सजग रहनु पर्छ। यसलाई निरन्तर वाच गरिएन भने कुरो बिग्रिन्छ’, उनले भने, ‘अहिले तीन दलका शीर्ष नेताको बैठक नै यसबाट कसरी निस्किने भन्ने उपायको खोजीमा भइरहेको छ। यदि यदि यो घटनामा शीर्ष नेताहरु जोडिए भने नेपालको राजनीतिका लागि टर्निङ पोइन्ट हुन्छ। देश नयाँ नेतृत्वमा जान्छ।’

उनले नेपालमा भ्रष्टाचारको आकार ठूलो मात्रामा बढेको बताए। सिंहले यसअघि निजी क्षेत्रको मोबाइल सेवा प्रदायक  एनसेलसँग एकजना प्रधानमन्त्रीका छोरा नै ७५ करोड डिल गर्न पुगेको पनि दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .