राजनीति


बजेटमा आश गर्ने ठाउँ छैन, समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

बजेटमा आश गर्ने ठाउँ छैन, समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार १९:५६, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने रहेकाले समर्थन गर्न नसकिने बताएका छन्। 

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

सुवालले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताए। उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताए। 

उनले सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताएका छन्। 

‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले बिरोध गर्छौं, मल खादको प्रत्याभुति गरिएको छैन। सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ’, उनले भने, ‘सार्वजनिक संस्थाहरु कसरी चलाउने राम्रोसँग आएको छैन। शिक्षा १२ कक्षासम्म निःशुल्कको कुरा आएकै छैन, विश्वविद्यालय शिक्षा निःशुल्कको कुरा छैन, उपत्यकाको खानेपानीको समस्या समाधानको कुरा छैन।’

सांसद सुवालले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने कुरा आउन नसकेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .