राजनीति


‘मेरो भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण केवल संयोग’

‘मेरो भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण केवल संयोग’

भारत भ्रमणमा निस्किँदै प्रचण्ड। फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०८० शुक्रबार ११:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षदेखि शीतल निवासमा थन्किएको नागरिकता विधेयक आफू भारत भ्रमणमा निस्किँदै गर्दा प्रमाणीकरण हुनुलाई केवल संयोग मात्रै भनेका छन्। 

बुधबार चार दिने औपचारिक भारत भ्रमणमा निस्किँदै गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएका थिए।

यसलाई भारतलाई रिझाउने प्रचण्डको प्रयास भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला शुक्रबार दिल्लीमा नेपाली सञ्चारकर्मीहरुसँग प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन्।  

नागरिकता विधेयकबारे आफूले राष्ट्रपतिसँग धेरै पहिलेदेखि नै प्रमाणीकरण गरेर जाँदा राम्रो हुने बताएको पनि सुनाए। 

‘नागरिकता (नागरिकता विधेयक) को कुरामा मैले धेरै पहिले नै राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ भनेकै थिएँ’, उनले भने, ‘राष्ट्रपतिले सल्लाह गर्दै जाँदा संयोगवश म भारत आउने दिन नै नागरिकता विधेयक प्रमाणीकरण भएको हो।’

उनले आफूले धेरै पटक नागरिकता विधेयक पहिले नै प्रमाणीकरण होस् भनेर आफ्नो भ्रमणमा नजोडियोस् भन्ने चाहेको पनि सुनाए। 

‘धेरै पटक नागरिकता विधेयक पहिल्यै प्रमाणीकरण होस्, मेरो भारत भ्रमणसँग यो नजोडियोस् भन्ने चाहेको थिएँ’, उनले भने, ‘तर राष्ट्रपतिजीले गर्दै जाँदा त्यही (भ्रमणकै) दिन पारिदिनुभयो। पछि त्यो बारेमा डिबेक्ट पनि भयो। नेपालमा पनि राम्रै चर्चा भएको सुनेँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .