राजनीति


नागरिकता विधेयक खारेज गरेर पुनः संसदमा दर्ता गरियोस् : रास्वपा सांसद श्रेष्ठ

नागरिकता विधेयक खारेज गरेर पुनः संसदमा दर्ता गरियोस् : रास्वपा सांसद श्रेष्ठ

नेपालखबर
जेठ २१, २०८० आइतबार १९:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको बिरोध रहेको बताएका छन्। 

उनले असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरिएको बताए। यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने समेत उनले बताए।

‘विधिको शासनमा जुन सदनमा उत्पत्ति भएको विधेयक थियो त्यो पो अहिलेको ताजा जनादेश पाएकोले प्रमाणीकरण गर्ने हो त। यो त पहिलाको हो। यो कहाँ आकर्षित हुन्छ भन्दा संविधानको धारा ११३ आकर्षित हुन्छ,’ उनले भने, ‘तर यो पालि राष्ट्रपति कार्यालयको पत्र पढ्नुभयो भने ६१ को २,३, ४ र ६६ बाट टेकेर गरेको छ। यो असंवैधानिक कदम हो। यसलाई ट्रयाक करेक्ट गर्ने हो भने यो खारेज भएर संसदमा भोलि नै दर्ता गरिदिनुस्।’

सांसद श्रेष्ठले बरु फास्ट ट्रयाकमा लानुपर्ने बताए। 

‘बरु फास्ट ट्रयाकमा लगौँ। विगतमा दुई पटक संसदले पठाएको प्रमाणीकरण नगर्नु असंवैधानिक थियो। र अहिले प्रमाणिकरण गर्नुपनि असंवैधानिक,’ उनले भने, ‘भारत पक्षबाट आएको र नेपाल पक्ष बाट आएको जानकारीको तादाम्यता मिलेन। गहिरो चिन्ता छ। प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्‍यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .