ad ad

राजनीति


संसदीय अधिकारभित्र रहेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हौं : एमाले सांसद बर्तौला

संसदीय अधिकारभित्र रहेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हौं : एमाले सांसद बर्तौला

नेपालखबर
जेठ २२, २०८० सोमबार २१:४३, काठमाडौँ

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद बर्तौताले प्रधानमन्त्रीलाई आफूहरुले संसदीय अधिकारभित्र रहेर नै प्रश्न गरेको पनि बताए। 

‘नागरिकता प्रमाणिकरण असंवैधानिक भएको विषय, संविधानको धारा प्रतिकुल विषय उहाँले जबरजस्ती अदालतले गरेको फैसलाभन्दा बाहिर गएर जब उहाँले पूर्वराष्ट्रपतिलाई समेत लाञ्छना लगाउँदै जब विषयवस्तु राख्न खोज्नुभयो त्यसकारण संविधान बमोजिम मिलेन प्रधानमन्त्रीज्यु,’ बर्तौलालले भने, ‘संविधानसम्मत हामीले गर्नुप¥यो भन्ने आग्रह गर्ने अधिकार संविधान निर्माण गर्ने, संविधान संशोधन गर्ने, कानून निर्माण गर्ने थलोका सदस्यहरुले यति भन्न पाउने संसदीय अधिकार हो।’

नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्रीले अदालतले गरेको फैसलाभन्दा बाहिर गएर अभिव्यक्ति दिएपछि आफूहरूले संविधानसम्मत्ग र्न आग्रह गरेको उल्लेख गरे।

प्रधानमन्त्रीलाई संसदीय मुल्य र मान्यताभित्रै रहेर प्रश्न गरिएको बताए।

‘प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा प्रश्न गर्ने प्रतिपक्ष दलको नेतालाई अधिकार रहन्छ। उहाँले सरकारलाई हिजो हामीले अवरोध गरेको पृष्ठभुमिबाट जोडिएर आजको सदनमा हामीले हाम्रो कुरा राख्ने कुरा यसलाई गैर संसदीय, संसदको मुल्य, मान्यताभन्दा बाहिरको कुरा हो भनेर भन्न खोजिएको हो भने यो संसद कतातर्फ लान उहाँहरुले खोज्दै हुनुहुन्छ ?’ उनले प्रश्न गरे।

सांसद बर्तौलाले संसदीय प्रक्रियामा प्रतिपक्षलाई बढीभन्दा बढी सहभागि हुन दिनुपर्नेमा सत्तापक्षले प्रतिपक्ष सांसद बोलेकोमा रोष प्रकट गर्ने गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .