राजनीति


प्रधानमन्त्री र सांसदबीच प्रतिनिधि सभामा शुक्रबार प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रधानमन्त्री र सांसदबीच प्रतिनिधि सभामा शुक्रबार प्रत्यक्ष प्रश्नोत्तर हुने

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १३:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग यही शुक्रबार सांसदहरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन्। 

प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालसँग शुक्रबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो। सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुनेगरी निर्धारण गरेको जानकारी दिए। 

उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि सबै सांसदलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए। 

यो महिना समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरुको पालो रहेको उनले बताए। 

‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम यही २०८० असार ८ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको व्यहोरा जानकारी गराउँछु’, उनले भने, ‘प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सम्पूर्ण सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना रहनेगरी जम्मा १७ वटामा विभाजन गरिएको छ। नियमानुसार प्रत्येक महिना प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा यसरी विभाजन गरिएको समूहका सदस्यहरुले क्रमशः प्रश्न सोध्न सक्नुहुने छ।’

समूह १ मा रहेका सदस्यहरुले यस महिना प्रश्न सोध्न नियमावलीको नियम ५८ बमोजिम मंगलबारै पाँच बजेभित्र प्रतिनिधि सभाको सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad