राजनीति


घन्टीघरमा पुगे केपी ओली (तस्बिरहरू)

घन्टीघरमा पुगे केपी ओली (तस्बिरहरू)

रास्वपा कार्यालयमा घन्टी बजाउँदै केपी ओली। तस्बिर : सरोज बैजु


सरोज बैजु
असार ७, २०८० बिहिबार १६:४२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ केन्द्रीय कार्यालयमा पुगेका छन्।

रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित चियापान समारोहमा भाग लिन उनी बिहीबार अपरान्ह बालाजुस्थित घन्टीघरमा पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा केही पछि पुगेका उनी रास्वपा सभापति रवि लामिछानेलाई भेट्दा खुसी मुडमा देखिन्थे।

रास्वपा नेताहरुले उनलाई स्वागतका क्रममा चुनाव चिह्नसमेत रहेको घन्टी बजाउन लगाए।

यसअघि प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुले पनि घन्टीघरमा राखिएको घन्टी बजाएका थिए। 

एमाले नेतृत्वमा गत पुस १० गते बनेको गठबन्धन सरकारमा रविलाई ओलीकै जोडबलमा उपप्रधान तथा गृहमन्त्री बनाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .