राजनीति


रास्वपा कैलालीको अधिवेशन सदर, बागलुङको बदर

रास्वपा कैलालीको अधिवेशन सदर, बागलुङको बदर

रास्वपा निर्वाचन आयोग प्रमुख भुवन केसी।


नेपालखबर
साउन ४, २०८३ सोमबार १५:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलालीको जिल्ला अधिवेशनलाई सदर गर्दै आधिकारिक मान्यता दिने निर्णय गरेको छ।

आयोगले सो अधिवेशन तोकिएका सम्पूर्ण प्रक्रिया तथा सिद्धान्तहरूको पूर्णरूपमा पालना गरी विधिसम्म ढंगले सम्पन्न भएको देखिएको भन्दै आधिकारिता प्रदान गर्ने निर्णय गरेको हो।

आयोग प्रमुख भुवन केसीले उक्त अधिवेशनबाट निर्वाचित घोषित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन परिणामलाई यथावत् कायम राख्दै आधिकारिकता प्रदान गर्ने निर्णय भएको जानकारी दिएका छन्।

यसअघि उजुरी परेपछि कैलालीको अधिवेशन रद्द गरिएको थियो। जेठ २४ गते भएको निर्वाचनमार्फत् जिल्ला सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित भएका थिए।

यस्तै बागलुङको हकमा भने जिल्ला अधिवेशनबाट गठन भएको जिल्ला कार्यसमितिको घोषणा बदर गरिएको छ। यहाँ ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै आयोगले अधिवेशन पूर्णरूपमा बदर गरेको हो।

बागलुङ जिल्लाको पुन: अधिवेशन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad