बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्षले आत्महत्या गरेका छन्।
बैंकको ऋण तिर्न नसकेपछि आफूले आत्महत्या गरेको वडाध्यक्ष ६८ वर्षीय खड्काले सुसाइड नोटमा उल्लेख गरेका छन्।
भारतको बहराइचस्थित शंकर होटेलमा उनले गत पुस २९ गते विष पिएर आत्महत्या गरेका हुन्।
आत्महत्या गर्नुअघि उनले लेखेको पत्रमा बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरेको हुँदा सहन गर्न नसकेर आत्महत्या गरेको उल्लेख गरेको कोहलपुरका प्रमुख (मेयर) लुटबहादुर राउतले बताएका छन्।
उनका अनुसार वडाध्यक्ष २०-२२ लाख रुपैयाँ ऋण रहेको र त्यो तिर्न भनेर बैंकले निकै सताएको कुरा उनले पत्रमा लेखेका छन्।
सुसाइड नोटमा उनले यसमा छोराहरूले समेत नगरेको लेखेका छन्। पत्रमा उनले होटल साहुलाई केही पनि दुःख नदिन आग्रहसमेत गरेका छन्।
प्रतिक्रिया