राजनीति


कांग्रेसमा २२ विभाग थप्ने गगनको प्रस्ताव, भदौ १५ सम्म पूर्णता पाउने

कांग्रेसमा २२ विभाग थप्ने गगनको प्रस्ताव, भदौ १५ सम्म पूर्णता पाउने

नेपालखबर
साउन २, २०८० मंगलबार १५:२६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा नयाँ विभागहरू थप्ने प्रस्ताव गरेका छन्। ११ महिनापछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै थापाले नयाँ विभागहरू थप्ने प्रस्ताव गरेका हुन्। 

कांग्रेसमा अहिले ४८ वटा विभाग छन्। उनले पावर प्वाइन्टबाट सांगठनिक प्रस्ताव पेस गर्दै अब २२ वटा विभाग थप्नुपर्ने प्रस्ताव बैठकमा गरेका हुन्।

११ महिनापछि बसेको बैठकमा थापाले आगामी भदौ १५ गतेसम्म विभागहरू बनाइसक्नुपर्ने र मसान्तभित्र कार्यसमितिमा प्रस्तुत गर्ने प्रस्ताव गरेका हुन्। 

‘पार्टीको विधानमा व्यवस्था भएको विभागमा केही नयाँ विभागहरु थप्ने प्रस्ताव गर्छौं। भदौ १५ गतेसम्म सबै विभागहरु बनाइसक्ने र भदौ मसान्तसम्म कार्यसमितिमा प्रस्तुत गर्ने,’ थापाले प्रस्ताव गर्दै भने।

साथै, उनले वर्षभरीको गतिविधिको केन्द्रीय कार्यसमितिले विभागको अनुगमन गर्ने प्रस्ताव पनि अघि सारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .