राजनीति


बाबुराम र गगनलाई कमल थापा प्रश्नः बीपीको विचार बोक्दा किन यस्तो छट्पटी?

बाबुराम र गगनलाई कमल थापा प्रश्नः बीपीको विचार बोक्दा किन यस्तो छट्पटी?

नेपालखबर
असार १३, २०७६ शुक्रबार १२:२२,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपा र प्रतिपक्षी कांगे्रसप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन्।

शुक्रबार काठमाडौंको एक पाटी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले जनताले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा लिएको बताए।

‘पार्टीले अघि सारेका एजेन्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राप्रापा प्रवेश गर्नु शुभ संकेत हो’, उनले भने, ‘यसले राप्रपा बैकल्पिक शक्ति बन्दै गाएको पुष्टि हुन्छ।’

एकता महाधिवेशनलाई आधार मानेर विलम्व नगरी पार्टी एकतामा आउनका लागि पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आग्रह समेत गरे। मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको बताउँदै उनले त्यसका लागि प्रजातन्त्रवादी शक्ति आवश्यक भएको बताए।

बीपीको मेलमिलापको नीति राप्रपाले लिने बताएपछि केसी समय अगाडि समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र कांग्रेस नेता गगन थापाबीच भएको जुहारीतर्फ संकेत गर्दै बीपीको विचार बोक्दा खुसी हुनुपर्नेमा उल्टो पीडा र छटपटी हुनु विडम्वना भएको बताए।

अध्यक्ष थापाले पृथ्वीनारायाण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र बीपीको मेलमिलापको सिद्धान्तलाई पार्टीको मार्गदर्शन सिद्धान्त बनाउनुपर्ने बताए। उनले देश बचाउनका लागि राजा र जनता मिल्नु पर्ने बताए।

कांग्रेस र कम्युनिष्टको वैचारिक असफलताको विरुद्धमा सम्बर्धनवादको वैचारिक दर्शन अब जनताको रोजाइ हुने उनको दावी थियो।

सो अवसरमा राप्रपा संयुक्त परित्याग गर्दै जयकुमार खड्कासहितका नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए।

कार्यक्रममा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापा, जयकुमार खड्का, सहायक महामन्त्री राजाराम बर्तौला लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad