राजनीति


भारतले अमेरिकालाई भन्योः कस्मिर मुद्दामा तेस्रो पक्षको भूमिका चाहन्नौं

भारतले अमेरिकालाई भन्योः कस्मिर मुद्दामा तेस्रो पक्षको भूमिका चाहन्नौं

नेपालखबर
माघ ९, २०७६ बिहिबार १२:४२,

स्वीजरल्यान्डको डाभोसमा आयोजित ‘वर्ल्ड इकोनोमी फोरम’ वैठकका क्रममा मंगलबार खान र ट्रम्पबीच भेट भएको थियो।

सो क्रममा ट्रम्पले भनेका थिए,‘हामीले कस्मिरको विषय नजिकै बाट हेरिरहेका छौं। यदी मद्दत गर्न सकिए निश्चित रुपमा हामी पाकिस्तानलाई सहयोग गर्नेछौं।’

सो क्रममा इमरानले पनि पाकिस्तानले जहिल्यै कस्मिरको विषयमा अमेरिकाको भूमिका खोजेको बताएका थिए। कस्मिरको विषय अन्तर्राष्ट्रियकरण होस् भन्ने पाकिस्तान चाहन्छ।

अमेरिकाले कस्मिर विवादमा भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने बताएपछि भारतीय पक्षले भने अमेरिकाको भूमिका आफूलाई आवश्यक नभएको जवाफ दिएको छ।

बिहीबार भारतको विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले कस्मिरको विषयमा तेस्रो पक्षको भूमिका भारतलाई नचाहिएको बताए।

उनले कस्मिरको विषयमा आफ्नो धारणा स्पष्ट रहेको बताउँदै यो विषय आन्तरिक भएको र पाकिस्तानले चाहेमा मात्र यसमा छलफल हुने बताए।

पाकिस्तानले आतंकवादलाई पूर्ण रुपमा त्यागेमात्र भारतले पाकिस्तानसँग छलफल गर्ने उनको भनाइ छ।

भारत सरकारले संविधानको धारा ३७० हटाएर जम्मु कस्मिरलाई दिएको विशेषाधिकार हटाएयता नै पाकिस्तानले भारतको विरोध गरिरहेको छ।

मुस्लिम बाहुल क्षेत्र केन्द्र शासित बनाएर भारतले मुसलमान विस्थापित गर्न खोजेको पाकिस्तानको आरोप छ

पाकिस्तानले यो विषयमा बारम्बार राष्ट्रसंघको सुरक्षा परिषदमा उठाउँदै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad