राजनीति


प्रदेश २ बाट नेकपा राधेश्याम पासवान र राजपा मृगेन्द्र यादव विजयी

प्रदेश २ बाट नेकपा राधेश्याम पासवान र राजपा मृगेन्द्र यादव विजयी

शैलेन्द्र महतो
माघ ९, २०७६ बिहिबार १२:४४,

राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को दलित सदस्य पदमा नेकपाका राधेश्याम पासवान र अन्यका तर्फबाट राजपाका मृगेन्द्र यादव निर्वाचित भएका छन्।

राष्ट्रियसभाका लागि गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका नेकपा र राजपाका उम्मेदवार विजयी भएका छन् भने कांग्रेस र समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार पराजित भएका छन्।

नेकपा राधेश्याम पासवानले समाजवादीका रामप्रित पासवान पराजित गरेका हुन्। राधेश्यामले ५ हजार २ सय ९२ र रामप्रितले ४ हजार ७ सय ४ मतभार पाएका छन्।

त्यस्तै राजपाका मृगेन्द्र यादवले समाजवादीका अनिरुद्ध सिंहलाई पराजित गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad