राजनीति


बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल

नेपालखबर
माघ ११, २०७६ शनिबार ६:५३,

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ।

शनिबार बिहान साढे १० बजेदेखि तीन नेताहरुबीच बालुवाटारमा छलफल भएको विषय नखुलाइएको भए पनि तीन नेताहरुबीच सभामुख र उपसभामुखको निर्वाचनको विषयका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। सभापति देउवाका सहयोग भानु देउवाले तीन नेताहरुबीचको बैठक सम्पन्न भएको र समसामयिक विषयमा छलफल भएको नेपालखबरलाई जानकारी दिए।

दुई दलबीच केही समय अगाडि द्वन्द्कालीन मुद्दा टुंग्याउने विषयमा सहमति भए पनि सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटाविरुद्ध शुक्रबार मुद्दा दर्ता भएको थियो। बैठकमा यो विषयमा पनि छलफल भएको स्रोतले बतायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad