चिसो मौसममा हिउँ परेको समयमा ती बच्चा बिरालोहरु कसैले फ्याँकेको आशंका गरिएको छ। बिरालोहरु चिसोले कठ्याङ्ग्रीएका थिए।
उनीहरको खुट्टा पुच्छर बरफमा टाँसिएकाले उनीहरु हिँड्न पनि सकिरहेका थिएनन्। सोही समयमा डिविस त्यहाँ पुगेका थिए।
उनले तातो कफी बिरालोको शरीर टाँसिएको बरफमा खन्याउँछन् र बिरालोको ज्यान जानबाट जोगाउँछन्।
उनले यो सबै क्रियाकलापको भिडियो खिचेका थिए। उनले यो भिडियो सामाजिक सन्जालमा पोस्ट गरेपछि यतिबेला चौतर्फी प्रशंसा बटुलिरहेका छन्।
प्रहरीले बिरालो फ्याँक्ने मानिसको खोजी गरिरहेको बताइएको छ। क्यानडामा जनावर सुरक्षा ऐन अनुसार कसैले घर पालुवा जनावरलाई फ्याँकेमा २० हजार डलर जरिवानाको व्यवस्था छ।
साथै उनीहरुले जीवनभर जनावर पाल्न पाउँदैनन्। एजेन्सी
6
Shares

प्रतिक्रिया