समाज


दिलीप हत्या प्रकरण : किच्ने टिपरका सहचालक पक्राउ

दिलीप हत्या प्रकरण : किच्ने टिपरका सहचालक पक्राउ

शैलेन्द्र महतो
माघ ११, २०७६ शनिबार ५:२६,

नदीको अवैध उत्खननविरुद्धका अभियन्ता दिलीपकुमार महतो हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

गाउँछेउका नदीमा भइरहेकाे गिटी-बालुवाकाे अवैध उत्खननकाे विराेध गर्ने क्रममा दिलीपलाई किच्न प्रयाेग गरिएकाे ना ७ ख ६४१३ नम्बरको टिपरका सहचालक (खलासी) १९ वर्षीय सत्यनारायण महतोलाई प्रहरीले पक्राउ गरेकाे हाे। 

धनुषाको गणेशमान चारनाथ नगरपालिका २ घर भएका उनलाई लुकिछिपी बसिरहेकाे अवस्थामा बिहीबार ढल्केबारबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 

‘अनुसन्धानबाट दिलीपको हत्या घटनाको समयमा सत्यनारायणको पनि संलग्नता देखिएको छ। उनीमाथि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको छ’ प्रहरी नायब उपरीक्षक कार्कीले नेपालखबरसँग भने।

गएको पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएका बेला धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीपको हत्या भएको थियो। दिलीपलाई पहिले रडले प्रहार गरी घाइते बनाएर ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर निर्मम हत्या भएको थियो।

हत्याको दुई दिनभित्रै धनुषा प्रहरीले स्थानीय चुरियामाई प्रशोधन केन्द्र क्रसर उद्योगका सञ्चाचालक विपिन महतो, दिलीप किच्न प्रयाे गरिएकाे टिपरका चालक मुनीन्द्र महतो तथा जितेन्द्रकुमार महतो र दिलीपसँगै अवैध उत्खनन रोक्न गएका स्थानीय रोशनकुमार यादवलाई पक्राउ गरेर सर्वाजनिक गरी कारबाही प्रक्रिया अघि बढाइसकेको छ।

दिलीपका परिवारले ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्।

याे पनि :

दिलीप हत्याबारे प्रहरी : घाइते बनाएपछि खोलामा सुताई टिपरले किचिएकाे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad