समाज


नङ टोक्ने बानीले औंला नै गुमाउनु पर्ला!

नङ टोक्ने बानीले औंला नै गुमाउनु पर्ला!

नेपालखबर
माघ ११, २०७६ शनिबार ७:०,

मानिसहरुलाई यो थाहा छैन, नङ टोक्दा औंला नै गुमाउनु पर्छ। तर यो साँचो हो नङ टोक्दा हुने इन्फेक्सनले मान्छेको औंला नै काट्नु पर्ने अवस्था सिर्जना हुन्छ।

यही नङ टोक्ने बानीले स्कटल्यान्डकी एक महिलाले झन्डै आफ्नो औंला गुमाउनु पर्यो। करेन पिटले आफ्नी साथीको औंलाको फोटो सेयर गर्दै नङ नटोक्न सुझाव दिएकी छिन्।

उनका अनुसार उनकी साथीले नङ टोक्थिन्। उनले दाँतलाई नैनीको रुपमा प्रयोग गर्ने करेन पिट बताउँछिन्।

तर नङ टोक्दा एक औंलामा इन्फेक्सन भयो। इन्फेक्सन औंला भरी फैलिएपछि झन्डै औंला काट्ने अवस्था आएको थियो।

त्यहाँका डाक्टरहरुका अनुसार उनले नङ टोक्दा दाँतले औंलामा सानो घाउ भयो र मुखमा हुने थुकको भाइरस हातमा सर्यो। पछि त्यसले विकराल रुप लिँदै गएपछि झन्डै औंला नै काट्नु पर्यो। यद्यपी औंला भने काट्नु परेन।

पिट आफ्नो साथीको उदाहरण दिँदै भन्छिन्,‘यदी अस्पताल चाँडै नगएको भए उनको त्यो इन्फेक्सन हात भर फैलने थियो। त्यसैले नङ नटोक्नुहोस्।’

हाभार्ड हेल्थका चिकित्सकहरुले नङ नटोक्न र नङ नैनीले काट्न सुझाव दिएका छन्। एजेन्सी

The infection usually only lasts about 5-10 days and heals with proper treatment.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad