ad ad

राजनीति


चीनको हाङ्जाओमा प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा नाचगानसहित स्वागत (तस्बिर)*

चीनको हाङ्जाओमा प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा नाचगानसहित स्वागत (तस्बिर)*

नेपालखबर
असोज ६, २०८० शनिबार ९:४६, काठमाडौँ

शनिबार बिहान चीनको हाङ्जाओ पुगेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विमानस्थलमा नाचगानसहित स्वागत गरिएको छ। 

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर अमेरिकाको न्युयोर्कबाट हङकङ हुँदै हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डको आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुँदैछ।

शनिबार बिहान हाङ्जाओ विमानस्थल अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ झिदानले स्वागत गरेका हुन्। (यसअघि अन्यथा भएकाले सच्याइएको छ– सम्पादक)।

साथमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ पनि हाङ्जाओ विमानस्थल पुगेका थिए।

अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीनको हाङ्जाओ आइपुगेका हुन्।  चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन्। 

आजै राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री प्रचण्डसँग लन्च मिटिङ गर्ने कार्यक्रम छ। जसका लागि प्रचण्ड आफू बसेको रिसोर्टबाट सिहु होटलमा जानेछन्, जहाँ उनलाई चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिवा भोजसहित स्वागत गर्ने तयारी छ।  

सीसँग करिब एक घण्टा लन्च मिटिङपछि प्रचण्ड फेरि रिसोर्टमै फर्कने छन्। रिसोर्टबाट ४ बजेर २० मिनेटमा प्रचण्ड फेरि राष्ट्रपति सीसँग दुई पक्षीय भेटवार्ताका लागि उनी बसेको होटल सिहु जानेछन्। प्रधानमन्त्रीको भ्रमण तालिका अनुसार ४ बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म प्रचण्ड र सीबीच औपचारिक भेटवार्ता हुनेछ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यका अनुसार भ्रमण तालिकामा यो भेटवार्ता ३० मिनेटको राखिएको भए पनि लम्बिन सक्ने भएकाले त्यसपछिको केही समय खाली राखिएको छ।

बेइजिङमा थप दुई वटा महत्त्वपूर्ण भेटवार्ता भए पनि हाङ्जाओमा हुने सी–प्रचण्ड शीर्ष भेटवार्ताले अबको नेपाल–चीन सम्बन्धलाई निर्देशन गर्नेछ। हाङ्जाओमा राष्ट्रपति सी र प्रचण्डबीच खासगरी दुई देशबीचको राजनीति, भूराजनीति र अन्तर्राष्ट्रिय क्षेत्रीय सम्बन्धका विषयमा छलफल हुने तयारी छ।

चीनले नेपालसँग भएको बीआरआई सम्झौता कार्यान्वयन सम्झौताको मस्यौदा प्रस्ताव गरे पनि नेपालले यसमा जवाफ दिएको छैन। यस विषयमा प्रचण्ड र सीबीच छलफल हुनेछ तर सम्झौता हुने नहुने प्रधानमन्त्री प्रचण्डको निर्णयमा भर पर्नेछ।

हेर्नुहोस् प्रधानमन्त्री प्रचण्डलाई स्वागतका तस्बिर-

भिडिओ पनि हेर्नुहोस्-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .