राजनीति


हाङ्जाओबाट बेइजिङ पुगे प्रधानमन्त्री प्रचण्ड

हाङ्जाओबाट बेइजिङ पुगे प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८० आइतबार १३:४९, काठमाडौँ

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बेइजिङ पुगेका छन्। 

चीनको औपचारिक भ्रमणका लागि उनी शनिबार अमेरिकाको न्युयोर्कबाट हाङ्जाओ पुगेका थिए।

प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङमा अवतरण गरेका हुन्। 
    

प्रधानमन्त्री दाहालले आइतबार बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन्।

चीनस्थित नेपाली दूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआइटीले सम्मेलनको आयोजना गरेका हुन्। 

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुँदैछन्।

सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ। 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आइतबार बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .