हमासको आक्रमणमा परेर इजरायलमा अलपत्र अवस्थामा रहेका नेपाली विद्यार्थीहरूसँग परराष्ट्रमन्त्री एनपी साउदले कुराकानी गरेका छन्।
सोमबार दिउँसो भिडिओ वार्ता गर्दै उनले सरकारको तर्फबाट उद्धारका लागि पहल भइरहेको जानकारी गराएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट आएको नेपाल विद्यार्थी संघ (नेविसंघ) को टोलीले मन्त्री साउदलाई भेटेर उद्धारका लागि आग्रह गरेका थिए। सोही क्रममा मन्त्री साउदले इजरायलमा रहेका केही विद्यार्थीसँग भिडिओ संवाद गरेका हुन्।
भिडिओ संवादका क्रममा परराष्ट्रमन्त्री साउदले आफूहरू निरन्तर उद्धारका लागि प्रयासमा लागिरहेको विद्यार्थीहरूलाई बताएका छन्। उनले शनिबार र आइतबार नै राजदूतावाससँग समन्वय गरेर प्रक्रिया अघि बढाइएको बताएका छन्।
यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ। ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्।
राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्।
Shares
प्रतिक्रिया