राजनीति


इजरायलमा अलपत्र नेपालीको उद्धारका लागि सरकारले हिब्रु भाषा जानेकालाई खटाउने

उद्धारका लागि नेपाल एयरलायन्स र हिमालयन एयरलाइन्सका विमान तयारी अवस्थामा
इजरायलमा अलपत्र नेपालीको उद्धारका लागि सरकारले हिब्रु भाषा जानेकालाई खटाउने

नेपालखबर
असोज २२, २०८० सोमबार १६:५७, काठमाडौँ

सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

साथै, इजरायलमा रेहका नेपालीको रेस्क्यु गर्न हिब्रु भाषा जानेकालाई खटाउने निर्णय पनि भएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार उद्धारका लागि नेपाल एयरलायन्स र हिमालयन एयरलाइन्सबाट फर्काउनेगरी विमान तयारी अवस्थामा राखिएको छ। 

त्यस्तै, भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय पनि गरेको छ।

इजरायलमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १० लाख दिने निर्णय पनि भएको ती मन्त्रीले जानकारी दिए। 

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ। ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्। 

राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .