राजनीति


कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

नेपालखबर
असोज २३, २०८० मंगलबार १६:३६, काठमाडौँ

नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

कांग्रेसले सरकार बनाउनका लागि गठबन्धन बाहिर नजाने पनि निर्णय गरेको कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले नेपालखबरलाई बताए। 

‘पदाधिकारी बैठकले कोशीमा गठबन्धन बाहिर नजाने र सकभर कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ,’ राईले नेपालखबरसँग भने, ‘हामी राप्रपासँग समते समन्वय गरेर अघि बढ्छौं।’

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी असोज २६ गतेभित्र धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्न आह्वान गरिसकेका छन्। 

यसअघि १६८ को धारा ३ अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको हिसाबले बनेको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि राजीनामा राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .