राजनीति


वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो

वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १५:८, काठमाडौँ

वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन्। 

शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताए। उनले जीवनजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदर, हात्ती, बँदेल लगायतका जीवजन्तुबाट समस्याहरु सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए।

‘हामीसँग भएका संस्थालाई सुरक्षित र सक्रिय गरेर मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्नसके पर्यटक स्थलको विकास गर्न सकिन्छ। पर्यटकहरू बढाउन सकिन्छ। संसारमा नभएका जीवजन्तुहरू जुन हाम्रा सम्पती हुन् ती हेर्न पर्यटकहरू आउनेछन्। यसले आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ। आउने दिनमा हामीसँग एउटा ठूलो चुनौती भनेको वन्यजन्तु र मानवबीचको द्वन्द्व हो,’ उनले भने, ‘यसमा पनि सकेसम्म धेरै ठाउँबाट सहयोग गरेको छ, मन्त्रालयसँग मिलेर सहकार्य गरेको छ। अझै पूर्ण संरक्षण गर्न सकेका छैनौँ। जीवजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदरको समस्या, हात्तीबाट जिउधनको क्षति हुने समस्या छ, अन्य जीवजन्तुबाट कृषकले समस्या पाइरहेका छन्, यसमा सबै मिलेर समाधान गर्नुपर्छ।’

मन्त्री महतोले जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .