राजनीति


आईपीयूको १४७औँ महासभामा भाग लिन अध्यक्ष तिमिल्सिना एंगोला जाँदै

आईपीयूको १४७औँ महासभामा भाग लिन अध्यक्ष तिमिल्सिना एंगोला जाँदै

नेपालखबर
कात्तिक ४, २०८० शनिबार १५:११, काठमाडौँ

अफ्रिकी मुलुक एंगोलाको लुवान्डामा आयोजना हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४७ औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राती  एंगोला प्रस्थान गर्दै छन्।

अध्यक्ष तिमिल्सिना एंगोलामा कात्तिक ६ देखि १० सम्म हुने १४७ औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर राती १.५५ बजे प्रस्थान गर्न लागेका हुन्।

शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता भन्ने नाराका साथ हुन लागेको महासभामा नेपालको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौंदी र जितेन्द्रनारायण देव तथा प्रतिनिधि सभाका सदस्यद्वय रुपा सोसी चौधरी र सन्तोष परियार, संघीय संसदका महासचिव भरतराज गौतम, सहसचिव वविता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत हुनेछन्।

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए। यसैगरी, आईपीयूको फोरम अफ योङ पार्लियामेन्टमा प्रतिनिधि सभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टसमा प्रतिनिधि सभा सदस्य रुपा चौधरीले सहभागिता जनाउनेछ ।

महासभासँगै संसदका महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टमको बैठकमा संगठनको कार्यकारी सदस्यसमेत रहेका महासचिव गौतमले सहभागिता जनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad