अमेरिकाले सन् २०१९ मा अफगानिस्तानमा कीर्तिमानी संख्यामा बम खसाएको छ।
सन् २००६ मा पेन्टागनले अभिलेख राख्न थालेयताकै सबैभन्दा बढी बम अमेरिकाले अफगानिस्तानमा खसाएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा अमेरिकाले ७ हजार ४ सय २३ बम अफगानिस्तानमा प्रहार गरेको छ। जुन २०१५ को भन्दा ८ गुणा बढी हो।
अमेरिकी हवाई आक्रमणसँगै अफगानिस्तानमा गैरसैनिक नागरिक मारिने क्रम पनि बढेको छ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सन् २०१९ को सुरुवाती ९ महिनामा सरकार पक्षधरबाट १ हजार १ सय ४९ गैरसैनिक नागरिक मारिएका छन्। जसको आधाजति अमेरिकी आक्रमणमा मारिएको जनाइएको छ।
सोही अवधिमा तालिबानसहित अन्य विद्रोही समूहले १ हजार २ सयको गैरसैनिकको ज्यान लिएका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया