धुर्मुस–सुन्तलीको प्रस्तुती रहेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ।
बुधबार दिउँसो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक भएको हो।
वर्तमान राजनीतिको विदू्रप चित्र उतारिएको चलचित्रमा राजनीतिक पार्टीले घरपरिवार, समाज र राष्ट्रमा पार्ने प्रभावको चित्रण गरिएको छ।
राजनीतिक विषयबस्तुमा आधारित रहेको चलचित्रले राजनीतिमा रहेका विकृति र विसंगतिमाथि चोटिलो व्यंग्य समेत प्रहार गरेको छ।
चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिस राई लगायतका कलाकारको अभिनय रहेको छ।
शुवबिहान फिल्मस् प्रालिको व्यानमार निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको लेखन, शंकर बिसीको नृत्य, मदुशुधन कार्कीको कला, कुमार महर्जनको द्वन्द्व र निमेश श्रेष्ठको सम्पादन रहेको छ।
फिल्म आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने भएको छ। यो फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ।
हेरौँ ट्रेलर
Shares

प्रतिक्रिया