राजनीति


राष्ट्रपतिको युरोप भ्रमण स्थगित

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १४:५२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।

भूकम्पपछि मुलुकको परिस्थिती अनुकुल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते त्यसतर्फ जाने कार्यक्रम थियो।

त्यसपछि उनले संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने र मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने तय थियो।

पौडेलको भ्रमण गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पनि स्वीकृत भइसकेको थियो। 

जाजरकोट भूकम्पका कारण मुलुकको अहिलेको अवस्था अनुकुल नभएपछि भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो। 

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण १५६ जनाको निधन भएको छ। घाइते ११० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

भूकम्पबाट प्रभावितहरूलाई देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad