राजनीति


लहानमा जसपाकाे ३ दिनसम्म प्रशिक्षण, यादव र राउत वक्ता

लहानमा जसपाकाे ३ दिनसम्म प्रशिक्षण,  यादव र राउत वक्ता

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ९:२४, जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) ले सिरहामा तीन दिनसम्म मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ।

गएको सोमबारदेखि बुधबारसम्म चलेको प्रशिक्षण शिबिरमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले प्रशिक्षण दिएका छन्।
 
पार्टी अध्यक्ष यादवले वैचारिक, सैद्धान्तिक विषयका साथै नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका छन्। अर्का प्रशिक्षक पूर्व मुख्यमन्त्री राउतले मधेस जनविद्रोह, चुनौति र प्राप्त उपलब्धीका विषयमा प्रशिक्षण दिएका जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ। 
 
मधेस प्रदेश समितिको पार्टी स्कूल तथा प्रशिक्षण विभागको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिदेखि स्थानीय तहसम्मका पार्टी सदस्य, जनप्रतिनिधि र भ्रातृसंगठनका प्रतिनिधिसहित एक सय साठी जना सहभागी रहेका जसपाको मधेस प्रदेशका पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख रामपृत पासवानले जानकारी दिए।


   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad