राजनीति


एमालेको एकल बहुमत ल्याउन ‘मिसन ८४’ : ओली

एमालेको एकल बहुमत ल्याउन ‘मिसन ८४’ : ओली

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १३:३७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका छन्।

शुक्रवार पोखरामा आयोजित महाकाली-मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए।

उनले भने, ‘नेकपा एमाले एउटा साधारण प्रतिपक्ष होइन। इतिहास रचना गरेर आएको इतिहास बनाएको, इतिहास बनाउन नेतृत्व गरेको, इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी हो। देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो। त्यसकारण यो पार्टीले प्रतपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ। अहिलेका तत्कालीक समस्याहरु तिनीहरुको समाधानमा पनि लाग्छौँ।’

उनले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर गरे। उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको जिकीर गरे। उनले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताए।

उनले भने, ‘अर्को कुरा एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो। भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि। हामी बाहेकका अरु त एकजुट भएर लागेकै छन् नि। त्यसकारण उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो। विकास निर्माण होइन, जनतासँग सरोकार छैन। राष्ट्रियताको पक्षमा उनीहरु शिर निहुराउँछन्। यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको छ। मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाली बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो।’

अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .