ad ad

राजनीति


प्रधान सेनापतिको रोलमा बसेकाहरूको उमेर छानविन हुनुपर्छ : सांसद पन्त

प्रधान सेनापतिको रोलमा बसेकाहरूको उमेर छानविन हुनुपर्छ : सांसद पन्त

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १८:३०, काठमाडौँ

नेकपा(एमाले)का सांसद रघुजी पन्तले भावि प्रधान सेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरूको उमेरका सम्बन्धमा रक्षा मन्त्रालयले छानविन गर्नुपर्ने बताएका छन्।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधान सेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरुको उमेर सम्बन्धी विवाद पटक–पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरुपण हुनुपर्ने बताए। 

उनले प्रधान सेनापतिको रोलक्रममा रहेकाहरु सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानविन गर्नुपर्ने बताए।

‘पीएसओ केहीको फिर्ता गरियो फिर्ता गरिएको मध्येबाट पनि केही माननीयज्युहरुले पुनः लिनुभयो भनिएको छ। यो विषयमा समितिले पहिल्यै निर्णय गरेको थियो। समितिले निर्णय गरेपछि कार्यान्वयन हुनुपर्छ। हाम्रो निर्णयलाई कार्यान्वयन नगरिकन आलटाल गरेर थन्क्याइयो भने समितिको प्रभावकारिता हुँदैन। सेनाको बारेमा नकारात्मक ढंगले मिडिया र संसदमा छलफल हुनु आफैँमा राम्रो होइन। बढुवाको लागि जुन जर्नेलको नाम पठाइएको छ, उसको पनि उमेरको बारेमा प्रमाणसहित, डकुमेण्टसहित अखबारहरुमा छताछुल्ल भएको छ। जब प्रधान सेनापतिको लाइनमा बस्ने बेला हुन्छ, यस्ता विवादहरु आउने हुनाले यो समितिले आज एउटा निर्णय के गर्नुपर्छ भन्दाखेरी रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा किनभने सेना आफैँले छानविन गर्दाखेरी त त्रुटी भएको फेला प¥यो नि,’ सांसद पन्तले भने।

उनले नेपाली सेनाभित्रै छानविन भएर क्लिनचिट पाएकाहरुको पनि पनि उमेरमा कैफियत देखिएको उदाहारण दिँदै सेनाभित्रको छानविनले मात्रै नपुग्ने पनि बताए। त्यसै, सांसद पन्तले अनावश्यक नेताहरुले समेत निजी सुरक्षा अधिकृतको सुविधा लिने गरेका भन्दै यसमा कडाइ गर्नुपर्ने बताए।

‘सेनाले मात्रै छानविन गर्दा यो टुंगो लाग्दैन भन्ने देखियो। हामीले रक्षा मन्त्रालयलाई के निर्देशन गर्नुप¥यो भन्दाखेरी रक्षा मन्त्रालयले यस विषयमा छानविन गरोस्। उसले छानविन गरेर तथ्य के हो, किनभने नेपाली सेनाको भावि नेतृत्वहरुको उमेरलाई लिएर पटक–पटक नकारात्मक ढंगले प्रश्न उठ्नु राम्रो होइन,’ उनले भने।

उनले समितिमा विधेयकहरू अलपत्र परेका भन्दै विधेयकहरुको सम्बन्धमा पनि यथाशीघ्र छलफल हुनुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .