राजनीति


प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १७:४, काठमाडौँ

हरिबोल गजुरेलले दिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्।

गजुरेलले नेपालखबरसँग कुरा गर्दै प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी त्यागेको बताएका छन्।

उनले आफू थप छलफलमा रहेको पनि बताए। तर राजीनामा दिनुपर्ने कारणबारे उनले केही खुलाएनन्।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए।

गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए। तर त्यहाँ लेखनाथ दाहाल 'राजन'लाई टिकट दिइएको थियो।

त्यसपछि उनी असन्तुष्ट थिए। असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्। 

थप समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .