नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
उक्त भेटका क्रममा रास्वपाको तीनदिने ‘दबाब यात्रा’ (पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइ र यात्रा क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम)बारे छलफल भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिको काम चिनियाँ ठेकेदारले गरिरहेका छन्।
यस्तोमा भेटका क्रममा राजदूत सङसँग सडक निर्माणको काममा थप ढिलाइ नहुन चलिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको रास्वपाले जनाएको छ।
भेटमा आयोजना निर्माण छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत साेङले प्रतिबद्धता जनाएको पनि रास्वपाे उल्लेख गरेको छ।
भेटवार्तामा प्रतिनिधिसभा सदस्य एवम् रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, सांसद एवं पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायत नेता सहभागी थिए।
Shares
प्रतिक्रिया