ad ad

राजनीति


बागमतीबाट राष्ट्रिय सभामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

बागमतीबाट राष्ट्रिय सभामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

तस्बिर : नेपालखबर


सुनिता विष्ट
माघ ११, २०८० बिहिबार १७:५८, हेटौंडा

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका चारैजना उम्मेदवार विजयी भएका छन्।

बिहीबार भएको राष्टिय सभा निर्वाचनमा अपांगतातर्फ नेकपा माओवादीका श्रीकृष्ण अधिकारी विजयी भएका हुन्। उनको पक्षमा ६ हजार ३८३ मतभार परेको छ। 

बागमतीमा अन्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीतजङ्ग बस्नेत विजयी भएका छन्। बस्नेत ६ हजार ५२१ मतभारसहित विजयी भएका हुन्।

बागमतीमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी पुडासैनी  महिला क्लस्टरबाट विजयी भएकी छन्। 

पुडासैनीका पक्षमा ६ हजार ६२६ मतभार पर्‍यो। प्रदेशतर्फ ६४ मत र स्थानीयतर्फ १७० मत गरी ६ हजारभन्दा बढी मतभारकासाथ उनी विजयी भएकी हुन्।

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।

दलित क्लस्टरका उम्मेदवार रिजाल विजयी भएका हुन्।

रिजालको पक्षमा ६ हजार ५१२ मतभार आयो। प्रदेशतर्फ ६३ मत र स्थानीय तर्फ १६७ मत गरी कुल ६ हजार भन्दा बढी मतभारका साथ  रिजाल विजयी भए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .