राजनीति


विश्वप्रकाशले भने : देश फर्किँदै गरेका नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठायो

विश्वप्रकाशले भने : देश फर्किँदै गरेका नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठायो

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १२:३९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश फर्किँदै गरेका नेपालीलाई पक्राउ गरेर रुसी सेनामा पठाइएको बताएका छन्। 

आइतबार बसेको संसद्को राज्य व्यवस्था समितिमा बोल्दै कांग्रेस सांसदसमेत रहेका शर्माले मस्कोबाट फर्किँदै गरेका नेपाली युवालाई रूसी सेनाले पक्राउ गरेर लगेको बताएका छन्। 

‘रूसी सेना छोडेका नेपालीलाई मस्कोस्थित नेपाली दूतावासले स्वदेश पठाउँदासमेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ?’, उनले सोधे, ‘जसले छोडेर जान्छु, नेपाल फर्कन्छु भन्नु भएको छ। उहाँहरूका लागि राज्यले के गर्दैछ?’ 

महामन्त्री शर्माले अवस्था सहज हुँदा नागरिकलाई राज्य नभए पनि चल्ने बताए। ‘अवस्था सहज हुँदा राज्य नभए पनि हुन्छ। तर, यस्तो असहज र युद्धको अवस्थामा राज्यले उपस्थिति देखाओस्’, उनले सरकारतिर लक्षित गर्दै भने।

शर्माले सयौँ नेपाली रसियन सैनिकको कब्जामा रहेका बताए। ‘उनीहरूको अवस्थाबारे सरकारलाई थाहा छ?’, शर्माले सोधे, ‘यसलाई लिएर सरकारको सम्पर्क रसियाससँग छ? रूसी सेनामा रहेका नेपालीको संख्या कति छ? सरकारसँग विवरण छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .