राजनीति


दुर्गा प्रसाईंको कार्यक्रमले सुरक्षा व्यवस्था कडा (तस्बिर)

दुर्गा प्रसाईंको कार्यक्रमले सुरक्षा व्यवस्था कडा (तस्बिर)

सरोज नेपाल
फागुन १, २०८० मंगलबार ११:२६, काठमाडौँ

आज (फागुन १ गते) काठमाडौँको भृकृटीमण्डपमा दुर्गा प्रसाईंको समूहले कार्यक्रम आयोजना गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। 

प्रसाईंको समूहले यसअघि गत मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्दा झडपको स्थिति आएपछि सरकार सचेत भएको हो। 

भृकुटीमण्डप र आसपासका क्षेत्रमा यतिबेला सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज (फागुन १ गते) पहिलो वार्षिकोत्सव मनाउँदै छ। 

हेर्नुहोस् सुरक्षाकर्मी तैनाथका केही तस्बिर– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .