ad ad

राजनीति


‘माओवादीमा गम्भीर आर्थिक विचलन देखियो, दुई पटक मात्रै मन्त्री हुन दिऊँ’

‘माओवादीमा गम्भीर आर्थिक विचलन देखियो, दुई पटक मात्रै मन्त्री हुन दिऊँ’

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०८० बुधबार १९:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीलाई सुधार्न सकिने कयौँ उपाय नेताहरूले प्रस्तुत गरेका छन्। 

मंगलबार गठित २० वटा समूहमध्ये १० नम्बर समूहका संयोजक केन्द्रीय सदस्य युवराज चौलागाईंले माओवादी बिग्रिनुका अनेक कारण देखाएका छन्।

उनले पार्टीपंक्ति केन्द्रको निर्देशनमा नचलेको भन्दै अभियानमा नखट्नेहरूलाई घटुवासहित कारबाही चलाउनुपर्ने बताएका छन्।

बुधबार सुझाव प्रस्तुत गर्ने क्रममा नेता चौलागाईंले नयाँ सदस्यता लिनेको पनि योग्यता तोक्नुपर्ने बताएका छन्। 

'सदस्यको योग्यता छैन। संगठितको मात्र छ। निर्वाचन प्रणाली स्पष्ट छैन। यसले भद्रगोल ल्याउँछ। कि सबै प्रत्यक्ष निर्वाचनबाट जान पर्छ कि त टिम प्रत्यक्ष पदाधिकारी टिमबाट भन्ने हुन पर्छ', उनले सुझाव दिँदै भनेका छन्, 'संगठनको चाङ धेरै भयो। विधान संशोधन आवश्यकताअनुसार गर्ने भन्नुपर्छ।' 

चौलागाईंले जिल्ला समन्वय नै समिति नै आवश्यक रहेको बताउँदै यसलाई कायमै राख्नुपर्ने बताए। उनले पार्टीमा तीन तहको संरचना केन्द्र, स्थानीय र आधारभूत बनाउन पनि माग गेका छन् 

उनले पार्टी पदाधिकारीमा एक मधेशी महिला र दलित अनिवार्य गर्न पनि भनेका छन्। 

चौलागाईंले माओवादी बिचलनको मुख्य विषय आर्थिक विचलन भएको बताएका छन्। 'नेताहरूमा गम्भीर आर्थिक विचलन देखिएको छ। कमिसनबाट चलेको जीवनशैली हाम्रो समस्या भयो। त्यो तोड्न सहकारीलाई प्राथमिकता दिनै पर्दछ।' 

पार्टी सदस्यता १६ वर्षमा दिनुपर्ने बताउँदै उनले मन्त्री र सांसद कति पटक हुने मापदण्ड तोक्न पनि माग गरे। उनले गैरआवासीय नेपालीलाई पनि पार्टी सदस्यता दिने व्यवस्था गर्न भनेका छन्। चौलागाईंले चुनावमा गठबन्धन नगर्ने गरी जानुपर्ने बताएका छन्। 

उनले दुई कार्यकाल उम्मेदवार र मन्त्री हुन पाउने र तीन कार्यकाल पार्टी जिम्मेवारीमा बस्न पाउने गरी व्यवस्था गर्न पनि सुझाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .