राजनीति


एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी

एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८० बिहिबार १६:२६, काठमाडौँ

नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन्। 

दोस्रो कार्यकालका लागि उनी अर्का प्रतिस्पर्धी डा. रामकुमार अधिकरीलाई पराजित गर्न सफल भएका हुन्। 

बिहीबार भएको निर्वाचनपछि भएको मतगणनामा परिणा त्रिपाठीको पक्षमा गएको हो। 

त्रिपाठी जित्दै ३०९ मत प्राप्त गरे भने पराजित अधिकारीले २३८ मत प्राप्त गरेका छन्। त्रिपाठी र अधिकारीको मतान्तर ७१ रहेको छ।

यससँगै त्रिपाठी जिल्ला अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। धादिङ एमालेको निर्वाचनमा जम्मा ५७८ मतदाता थिए। जसमा ५५० मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .