ad ad

राजनीति


सह-महामन्त्री उपाध्याय भन्छिन् : कांग्रेससँग एक्लै चुनाव लड्ने तागत छ

सह-महामन्त्री उपाध्याय भन्छिन् : कांग्रेससँग एक्लै चुनाव लड्ने तागत छ

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन १०, २०८० बिहिबार १८:१५, काठमाडौँ

नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डीना) अघिल्लो निर्वाचनमा पार्टीको चुनाव चिह्न रुख नै हराएको बताएकी छन्।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकलाई बिहीबार साँझ सम्बोधनका क्रममा अघिल्लो चुनावमा कार्यकर्ताले चुनाव चिह्न रुख नै हराएको गुनासो गरेको सुनाइन्। 

उनले महिलाको विचार, पार्टीको विचार, सबैको विचार, समग्र देशको विचार महासमितिमा उठेको बताइन्।

‘गत निर्वाचनमा देशका कतिपय क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ताले रुख हेर्नै पाएनौँ, देख्नै पाएनौँ भन्ने गुनासो गर्नु भयो। यो सत्य हो। तर यति भन्दै गर्दा क्रियाशील सदस्यहरूको भोट हराएको विषय किन उठेन, म सोध्न चाहन्छु’, उनले भनिन्, ‘एक्लै चुनाव लड्न सक्ने तागत हामीसँग छ।’

उनले नेपालको राजनीतिमा धेरै ध्रुवीकरण भएको बताउँदै पञ्चायतकालमा बीपी कोइरालाले मेलमिलापको नीति लिएको स्मरण गराइन्।

‘पञ्चायतकालमा कांग्रेसलाई घोक्रयाउँदा मुलुक बचाउन बीपीले राजासँग मिल्न तयार भएको बताउनु भयो’, उनले भनिन्, ‘आज हजारौँ मानिसहरू माओवादीका कारण मारिएका छन्। नेता गिरिजा कोइरालाको सुझबुझका कारण शान्ति सम्झौता गर्‍यौँ, गणतन्त्र ल्यायौँ।’

उनले अब अब कांग्रेसको तागत फर्काउन पनि अपिल गरिन्। ‘अबको युग महिलाको युग हो। अबको आन्दोलन महिलाको आन्दोलन हो’, उनले महासमितिमा भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .