ad ad

राजनीति


माओवादीले धेरै खट्नेलाई सम्मानपत्र दिने, काम नगर्नेलाई कारबाही गर्ने

माओवादीले धेरै खट्नेलाई सम्मानपत्र दिने, काम नगर्नेलाई कारबाही गर्ने

फाइल फोटो


नेपालखबर
फागुन १०, २०८० बिहिबार २०:५४, काठमाडौँ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उनले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताए। उनले धेरै राम्रो काम गर्ने र काम नगर्नेहरुको नाम शुक्रवारको बैठकपछि सार्वजनिक गर्ने बताए।

उनले भने, ‘इतिहासमै पहिलो पटक पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ। त्यसमा सबैभन्दा बढी खट्ने, ७५ सम्म, ५० देखि ७५ सम्म गरी चार क्याटोगरीमा बाँडेका थियौँ। त्यसमा आज सबै प्रदेशले कति दिन खट्यो, उत्कृष्ट कोको भए भन्नेकुरा प्रस्तुत गर्नुभएको छ। सवोत्कृष्ट कोको भए उनीहरु तीन जनाको पनि नाम प्रस्तुत भोलि गर्नेछु।’

उनले थपे, ‘सबैभन्दा नराम्रा तीन जनाको नाम पनि प्रस्तुत हुन्छन्। राम्रो गर्नेलाई सम्मानपत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्वन, चेतावनी हुनसक्छ।’

उनले चैत्रपछि तीनवटा अभियान चलाउने बताए।

प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली कांग्रेसको भूमिकालाई महत्वपूर्ण रुपमा लिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .