ad ad

राजनीति


लुम्बिनी प्रदेशमा सुरक्षाका प्राथमिकता र चुनौतीबारे छलफल

लुम्बिनी प्रदेशमा सुरक्षाका प्राथमिकता र चुनौतीबारे छलफल

नेपालखबर
फागुन १०, २०८० बिहिबार २१:११, काठमाडौँ

नेपालगन्जमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोष्ठीको उद्घाटन गरे।

त्यसक्रममा उनले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सम्झौताहीन भएर लागिपर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।

उद्घाटन सत्रमा प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, गृहसचिव दिनेश भट्टराई र प्रदेश गृहसचिव लालबाबु कवारीले समेत बोलेका थिए। लगत्तैको अर्को सत्रमा प्रदेशका १२ जिल्लाकै सुरक्षा अवस्था र चुनौतीबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विवरण प्रस्तुत गरे।

मुल सुरक्षा चुनौतीका रूपमा आत्महत्या, बैंकिङ कसुर, ज्यान केस तथा अभद्र व्यवहार, लागू औषध ओसारपसार तथा प्रयोग, चोरी, जवर्जस्ती करणी, बहु विवाह, ठगी, धार्मिक एवम् साम्प्रदायिक सद्भाव बिथोल्ने जस्ता कतिपय प्रयासबारे प्रमुख जिल्ला अधिकारीहरूले रिपोर्टिङ गरेका थिए।

प्रशासनिक र कानुनी सँगसँगै अपराध तथा विकृतिविरुद्ध सचेतना अभियान समेत चलाईएको उनीहरुले बताए।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ, प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरी तथा सुरक्षा निकायका प्रमुखहरू लगायतको समीक्षा मन्तव्यसँगै भोलि शुक्रबार गोष्ठीको समापन हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .