राजनीति


इलाम-२ र बझाङ-१ को उपनिर्वाचन मिति तोक्दै निर्वाचन आयोग

इलाम-२ र बझाङ-१ को उपनिर्वाचन मिति तोक्दै निर्वाचन आयोग

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १२:१९, काठमाडौँ

निर्वाचन आयोगले २ वटा क्षेत्रमा गर्न लागिएको उपनिर्वाचन मिति तोक्ने भएको छ। उपनिर्वाचनको मितिबारे निर्णय लिनका लागि आयोगको पदाधिकारी बैठक आइतबार बस्दैछ। 

प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन मिति आइतबार तोकिन लागेको हो। 

आइतबार आयोगको पदाधिकारी बैठक बस्ने र त्यसबारे निर्णय लिने उनले नेपालखबरलाई बताए। 

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ। त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो। 

सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ। 

आयोग निकट स्रोतका अनुसार वैशाख तेस्रो साता निर्वाचन गर्नेगरी आयोगले मिति तोक्ने तयारी अघि बढाएको छ।

स्थानीय तहको उपनिर्वाचनको मिति भने आयोगको परामर्शमा सरकारले तोक्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .