ad ad

राजनीति


नेपालीहरू रुसी सेनामा भर्ती भएको सरकारलाई थाहै थिएन : प्रधानमन्त्री दाहाल

नेपालीहरू रुसी सेनामा भर्ती भएको सरकारलाई थाहै थिएन : प्रधानमन्त्री दाहाल

नेपालखबर
फागुन १६, २०८० बुधबार १७:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमान्डमा आउन थालेको बताएका छन्।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली सेनाहरु रुसी सेनामा भर्ती भएको विषयमा सरकारले रुस सरकारसँग कुराकानी गरिरहेको बताए।

उनले पहिले नेपालीहरू रुसी सेनामा भर्ती भएको विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै थाहा पाएसँगै रुस सरकारसँग यस बारेमा कुराकानी भइरहेको जानकारी दिए।

उनले भने, ‘सरकारलाई कहीँ कतै थाहा थिएन कि नेपालीहरु भारत, दुबईको बाटो गरि रसिया पुगेका छन्। र रसियामा गएर रसियन आर्मिमा भर्ती भएका छन् भन्ने कुरा नेपाल सरकारलाई पहिले थाहा भएको कुरा होइन। जब रसिया र युक्रेनको लडाँइ अगाडी बढ्दै गयो। र केही नेपाली मारिएको कुरा आइसकेपछि मात्रै हामीलाई थाहा भयो कि विभिन्न रुपमा कोही स्टुडेण्ट भिसामा गएका छन्। कोही भिजिट भिसामा गएका छन्। कोही नेपालबाट होइन विदेशबाट गएका छन्।’

उनले अहिले रुस सरकारसँग नेपालीहरु भर्ती भएको विषयमा सूचना दिने, राहत तथा क्षतिपूर्ति दिने र तथ्यांक विवरण दिने समझदारी भएको बताए। उनले सो समझदारी भएसँगै यो विषय सरकारको कमान्डमा आएको बताए।

उनले भने, ‘त्यसरी पुगेको देखिएपछि सरकारले यसलाई गम्भिरतापूर्वक लिएर रुस सरकारसँग कुराकानी गरिएको छ। र अहिले रुसले सूचना दिने, राहत क्षतिपुर्तिपनि दिने र त्यसको तथ्यांक विवरण पनि दिने भन्ने पनि समझदारी भएको छ। अब बल्ल सरकारको कमाण्डमा चिज आउन थालेको छ।’

उनले सरकारको भारत र ब्रिटिश सेनामा मात्रै नेपाली भर्ती हुन पाउने ऐतिहासिक सन्धि, सम्झौता रहेको भन्दै त्यस विपरित भर्ती गर्ने कुनै नीति नभएको स्पष्ट पारे। उनले सो विषयमा सरकारले जनतालाई पनि सजग गराइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .