राजनीति


इलाम उपनिर्वाचन : सुहाङसहित एमालेका ५ नेताले दिए पार्टीमा निवेदन

इलाम उपनिर्वाचन : सुहाङसहित एमालेका ५ नेताले दिए पार्टीमा निवेदन

सुहाङ नेम्वाङ


नेपालखबर
फागुन २७, २०८० आइतबार १२:५७, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका आकांक्षीहरूले पार्टी कमिटीमा निवेदन दिन सुरु गरेका छन्। सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौ २६ मा निधन भएपछि सो पद रिक्त छ। 

जहाँ आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेको छ। यो क्षेत्रका लागि उम्मेदवार तय गर्न पार्टी जिल्ला कमिटीले कार्यदल गठन गरेको थियो।

जिल्लाका पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङदेम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन भएको थियो। 

सो कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष राईका अनुसार अहिलेसम्म ५ जनाले उम्मेदवारीका लागि निवेदन दिएका छन्। 

जसमा नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि छन्। सुहाङसहित रविन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई र देवी क्षेत्री दुलालले निवेदन पेस गरिसकेका छन्।

त्यस्तै, अर्की महिला आकांक्षी रिप्पल राईले पनि पार्टीमा निवेदन दिने जानकारी गराएको र पत्र भने प्राप्त भइनसकेको संयोजक राईले जानकारी दिए। 

सुहाङ जिल्ला कमिटीलाई निवेदन दिएर अहिले काठमाडौँ फर्किएका छन्। केही दिनदेखि इलाम पुगेरै मतदाता तथा शुभेच्छुकसँगको भेटवार्तामा व्यस्त रहेका सुहाङ पुनः केही दिनमा इलाम फर्कर्ने कार्यतालिका छ। 

सुहाङ पेशाले अधिवक्ता हुन्। इलामबाटै एउटा फुटबल क्लब समेत चलाएका उनी पछिल्लो समय इलामका विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .