ad ad

राजनीति


नारायण दाहालले सम्हाले राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी (तस्बिरहरू)

नारायण दाहालले सम्हाले राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी (तस्बिरहरू)

सरोज नेपाल
फागुन २९, २०८० मंगलबार १८:१, काठमाडौँ

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले पदभार ग्रहण गरेका छन्।

शीतल निवासमा आयोजित एक समारोहमा मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबार पुगेर जिम्मेवारी सम्हालेका हुन्। 

दाहाललाई राष्ट्रपति पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाएका थिए।

पद सम्हाल्दै दाहालले आफ्नासामु अनेक चुनौती रहेका बताउँदै सत्ता र प्रतिपक्ष दुवैसँगको समन्वयमा संसदलाई गतिशील बनाउने बताए। 

‘जुन भावना र चाहनाका साथ यो पदमा पुर्‍याइएको छ, त्यो पूरा गर्न लाग्नेछु’, उनले भने, ‘जहाँ चुनौती छ, त्यहीँबाट सफल हुने हो। आफ्नो दायित्व बुझेर प्रभावकारी भूमिका निर्वाह गर्नेछु।’

माओवादी केन्द्रबाट उम्मेदवारी दिँदै विजयी भएका दाहालले सत्ता र प्रतिपक्ष दुवैलाई मिलाएर अघि बढ्ने बताए।

उनलाई सिंहदरबारस्थित कार्यालयमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्याल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितले स्वागत गरे।

‘सत्ता र प्रतिपक्ष दुवैतर्फका सबै सांसदलाई एकै ठाउँमा राखेर समन्वय गर्दै अघि बढ्ने कुरामा विश्वस्त छु’, उनले भने, ‘राष्ट्रिय सभालाई ओझपूर्ण बनाउन लाग्नेछु।’

राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलले साथ दिए।

दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत झरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .