ad ad

राजनीति


संसद् बैठकअघि लिङ्देनले भने- राप्रपा आन्दोलनमा छ, सरकारलाई विश्वासको मत दिँदैन

संसद् बैठकअघि लिङ्देनले भने- राप्रपा आन्दोलनमा छ, सरकारलाई विश्वासको मत दिँदैन

नेपालखबर
फागुन ३०, २०८० बुधबार ११:३४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  आफ्नो पार्टीले विश्वासको मत नदिने कुरा दोहोर्‍याएका छन्। 

राप्रपाले यसअघि नै सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। 

आज प्रतिनिधि सभाको बैठकअघि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा अहिलेको व्यवस्थाविरुद्ध आन्दोलनमा रहेकाले केन्द्र तथा प्रदेश दुवै खालका सरकारमा सहभागी नहुने बताए।     

‘राप्रपा अहिले पनि आन्दोलनमा छ। अहिलेको व्यवस्था परिवर्तन हुँदा मात्र अवस्था परिवर्तन हुन्छ। अहिलेको व्यवस्थाले परिवर्तन सम्भव छैन’, उनले भने, ‘आज हामी विश्वासको मत दिदैनौँ। केन्द्र र प्रदेश दुवैमा हामी सरकारमा सहभागी हुदैनौँ। हामी चैत २७ गते काठमाडौँमा जनप्रदर्शन गर्नेछौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .