राजनीति


कांग्रेससँगको गठबन्धन अप्राकृतिक थियो : महेन्द्र राय

कांग्रेससँगको गठबन्धन अप्राकृतिक थियो : महेन्द्र राय

नेपालखबर
फागुन ३०, २०८० बुधबार १३:२०, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नेसपा)का नेता महेन्द्र राय यादवले अहिले बनेको गठबन्धन प्राकृतिक भएको बताएका छन्।

संसदलाई सम्बोधन गर्दै यादवले कांग्रेससँगको अप्राकृतिक गठबन्धनलाई तोडेर अहिले प्रधानमन्त्रीले अग्रगामी खालको प्राकृतिक गठबन्धन बनाएको दाबी गरे। 

उनले विगतमा कुनै लिखित दस्तावेजबिनै कांग्रेससँग बनेको बताए। 

‘कांग्रेससँग गठबन्धन गर्दा माओवादीको २० सिट घट्यो,’  उनले भने, ‘मंसिर ४ चुनावमा कांग्रेसबाट हामीलाई ठूलो धोका भयो। कांग्रेसलाई १५ महिनामा मैले धेरै बुझेँ। उसँगको गठबन्धन अप्राकृतिक थियो। नेपाली कांग्रेससँग गोत्र पनि मिल्दैन। अहिलेको गठबन्धनमा गोत्र मिलेको छ। यो देशको हितमा छ। यो गठबन्धन लामो समयसम्म जान्छ।’

नेपाली कांग्रेसकै कारण गठबन्धन टुटेको उनले बताए। ‘कोशी घटना, महासमिति बैठकमा उठेका धर्मका विषयले त्यो देखायो। सामाजिक सद्भाव विथोल्ने काम कांग्रेसले गरेको छ,’ उनले भने।  

संविधानको रक्षाको लागि नयाँ गठबन्धनमा बनेको उनले बताए। ‘कांग्रेससँग गठबन्धनबाट हामीले गएको चुनावमा २० सिट गुमायौँ, त्यो सिट कांग्रससँग जोडियो। अब त्यस्तो हुँदैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .