राजनीति


कांग्रेसप्रति स्वर्णिमको कटाक्ष : च्याप्प समातेर प्रधानमन्त्री बनाइदिने डरले भाग्दै हिँड्नुपरेको छ

कांग्रेसप्रति स्वर्णिमको कटाक्ष : च्याप्प समातेर प्रधानमन्त्री बनाइदिने डरले भाग्दै हिँड्नुपरेको छ

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ३०, २०८० बुधबार १४:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाइदेलान् भनेर भाग्दै हिँड्नुपर्ने अवस्था रहेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा उनले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री बन्दा खोजिएको नैतिकता प्रधानमन्त्री अफर गर्दा खोज्न नपर्ने भन्दै प्रश्न गरे। 

‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि? यहाँ डर छ, भागी भागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदेलान भनेर हिँड्नुपरेको छ,’ उनले भने कांग्रेसतिर लक्षित गर्दै भने। 

नेपाली कांग्रेसबाट रास्वपा प्रवेश गरेका सांसद वाग्लेले आफ्नो बानीबारे जानकारी गराउँदै प्रधानमन्त्री दाबी गरेको प्रमाण रहेकोसमेत संकेत गरे। 

यसअघि फागुन २१ गते एमालेसहितको गठबन्धन बनेपछि रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसले अफर गरेको समाचार सार्वजनिक भएको थियो। 

‘कांग्रेसका पुराना मित्रहरूलाई थाहा छ, म प्रमाणबेगर नबोल्ने मान्छे। हेक्का रहोस्, कांग्रेसले गरेको छैन भन्नुहुन्छ भने सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्दैनौँ,’ उनले भने। 

आफ्नो पार्टी जोखिम मोलेरै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको बताएको उनको भनाइ छ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जोखिम मोलेर गएको छ। राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .