ad ad

राजनीति


एमाले सुर्खेत अधिवेशन : मतदान सकिएको ४ घण्टा बित्दा पनि भएन गणना

एमाले सुर्खेत अधिवेशन : मतदान सकिएको ४ घण्टा बित्दा पनि भएन गणना

नेपालखबर
चैत ११, २०८० आइतबार २२:१४, सुर्खेत

नेकपा एमाले सुर्खेतकाे नवाैँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनकाे मतगणना अझै सुरू भएको छैन। मतदान सकिएकाे ४ घण्टा बित्दा पनि मतगणना नभएको हाे। 

जिल्ला निर्वाचन किमटीका निर्वाचन अधिकृत सूर्यमणि गाैतमले मतगणना अझै सुरू नभएको जानकारी दिए। 

आइतबार दिउँसाे १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदान प्रक्रिया चलेकाे थियाे। 

६ बजे सकिएकाे मतदान प्रकिया रातिकाे १० बज्दासम्म पनि मतगणना सुरू गरिएको छैन।

पाँच पदाधिकारीसहित अन्य सदस्यहरूका लागि भएकाे निर्वाचनमा कूल ४९५ मतमध्ये ४८६ मत खसेकाे छ। 

मतगणनाका लागि एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गाेरखबहादुर बाेगटीकाे अध्यक्षतामा गठन भएकाे अध्यक्षमण्डलको बैठक बसेपछि प्रक्रिया अगाडि बढाइनेछ। 

अध्यक्षका लागि हालका जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसी र उपाध्यक्ष कुलमणि देवकोटा उम्मेदवार छन्। 

अध्यक्ष बिसीको टिमबाट उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डीप्रसाद शर्मा, उप–सचिव खुलातर्फ हरिप्रसाद अधिकारी र समावेशीतलर्फ तृप्ति विश्वकर्मा उम्मेदवार छन्।

यस्तै,  देवकोटा अध्यक्ष रहेकाे टिमबाट उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी, उप–सचिव महिलाबाट सुशीला विश्वकर्मा चुनावी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .